काठमाडौं । कृषि विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । आइतवार कम्पनीको २५ लाख ७३ हजार २५ कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
कम्पनीको ९ वर्षका लागि वार्षिक ४ प्रतिशत ब्याजदर भएको कृषि ऋणपत्र नामक ऋणपत्र सूचिकृत भएको छ । सूचीकरणसँगै यस ऋणपत्र दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।