काठमाडौं । शाइन रेसुङ्गा बैंकले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर र रिलेशनसिप म्यानेजरको लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
बैंकले आफ्नो काठमाडौं, भक्तपुर र ललितपुरको शाखा कार्यालय तथा हेड अफिसका लागि कर्मचारकिो माग गरेको हो ।
संस्थाले उक्त पदहरुको लागि स्नातक तह देखि स्नाकोत्तर तह उत्तिर्ण भएको हुनुपर्ने जनाएको हो । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले भदौ १९ गतेभित्र आवेदन दिनुपर्नेछ ।
