काठमाडौं । सुनको मुल्यमा स्थिर आएको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको नपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज स्थिर आइ सोही मुल्यमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मुल्यमा १५ रुपैयाँले गिरावट आइ प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।