काठमाडौं । फसबुक अकाउन्ट ह्याक गरी पैसा ठगी गर्ने २ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा १९ वर्षीय आशिष विष्ट, १८ वर्षीय प्रविण राजवंशी र १८ वर्षीय भवेश राजवंशी रहेका छन् ।
प्रहरीले उनीहरुलाईलुकेर बसेको अवस्थामा झापाको भद्रपुरबाट पक्राउ गरेका हुन् । विभिन्न मानिसहरूले आफ्नो सामाजिक सञ्जाल अकाउन्ट ह्याक भई पैसा माग्ने काम भइरहेको उजुरी दिएपछि ३ जना व्यक्तिलाई पक्राउ गरेका हुन् ।
उनीहरूले अहिलेसम्म २५ भन्दा बढी फेसबुक अकाउन्ट ह्याक गरी विभिन्न व्यक्तिबाट २ लाख रुपैयाँभन्दा बढी ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरुमा माथि प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।