images
images

हेटौँडा औद्योगिक क्षेत्रका २ उद्योगमा सिलबन्दी


  • 308
    SHARES
  • २०७९ भाद्र ४ गते शनिबार

    हेटौँडा औद्योगिक क्षेत्रका २ उद्योगमा सिलबन्दी

    काठमाडौं । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालित २ उद्योगमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सिलबन्दी गरेको छ ।

    मानव र पशुपन्छीको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने  किसिमले अखाद्य पदार्थ उत्पादन र बिक्री गरेको भन्दै प्रशासनले दुवै उद्योगमा सिलबन्दी गरेको जनाएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैरेको नेतृत्वमा औद्योगिक क्षेत्रमा अनुगमनमा खटिएको टोलीले अनामिका खाद्य उद्योग र भ्याली फिड प्रालि उद्योगमा सिलबन्दी गरेको हो । 

    अनामिका उद्योगले २०७६ सालदेखि खाद्यपदार्थको अनुज्ञापत्र नलिएर गैरकानुनीरुपमा खाद्य पदार्थको उत्पादन गरी सञ्चालनमा रहेको छ भने भ्याली फिड उद्योगले उत्पादन गरेको बोरामा उत्पादन मिति र उपभोग्य मिति नलेखेर उपभोक्तालाई ठगी गरेकाले कानुनी प्रक्रिया पूरा नभएसम्म सिलबन्दी रहने बताइएको छ ।

    भ्याली फिडको १३ हजार केजीको ९ लाख २३ हजार रुपैयाँ मूल्य बराबरको २ सय ६० बोरा  दाना  बिक्री वितरणमा प्रशासनले रोक लगाएको छ । साथै तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा आवश्यक कागजपत्रसहित उपस्थितिका लागि निर्देशनसमेत सहायक प्रमुख जिल्ला अधिकारी गैरेले दिए । 

     


    images
    images

    Logo