images
images

नागरिकता विधेयकले राष्ट्रियता झन् बलियो बनाउँछः बालकृष्ण खाण


  • 366
    SHARES
  • २०७९ भाद्र ३ गते शुक्रबार

    नागरिकता विधेयकले राष्ट्रियता झन् बलियो बनाउँछः बालकृष्ण खाण

    काठमाडौं । गृृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाबाट बहुमतले पारित भएको नागरिकता ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताएका छन् । 

    कृष्ण जन्माअष्टमी पर्वको अवसरमा आज काठमाडौँमा आयोजित चैतन्य झाँकी प्रवचन कार्यक्रममा गृहमन्त्री खाणले उक्त विधेयक प्रमाणीकरण भएपछि नागरिकता पाउन नसकेका नेपाली बाबुआमाका छोराछोरी नागरिकताविहीन हुनु नपर्ने उल्लेख गरेका थिए ।  

    २०७२ सालमा संविधान बनेपछि कानुन बनाउँन नसक्दा नागरिकता पाउन नसकिएका युवालाई नागरिकता दिने उद्देश्यसहित विधेयक ल्याइएको उहाँले बताए । “नेपाली नागरिकता भएका बाबुआमाका छोराछोरीलाई नेपाली नागरिकता दिनुपर्ने थियो तर विसं २०७२ मा संविधान जारी भएपछि कानुन बनाउन नसकिएकाले नागरिकता दिन सकिएको थिएन, अहिले सरकारले नागरिकता पाउन नसकेका नेपाली बाबुआमाका छोराछोरीलाई नागरिकता दिन विधेयक अगाडि बढाएको हो”, गृहमन्त्री खाणले भने । उनले विधेयकलाई सबैले साथ दिनुपर्ने आवश्यकता औँल्याए ।


    images
    images

    Logo