काठमाडौं । एकैदिन थप ६ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९ सय ४५ जनाको परीक्षणमा ६ सय २३ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६ सय २१ जनाको पीसीआर परीक्षण गर्दा २ सय ४६ जना र ३ हजार ३ सय २४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ७७ जनामा संक्रमण देखिएको मन्त्रालयको जनाएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ।
हाल देशभरमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । शून्य सङ्क्रमित रहेका जिल्लाहरुमा मनाङ, मुस्ताङ, कालिकोट, हुम्ला, डोल्पा, जुम्ला र मुग रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा २ हजार ४ सय ४३, ललितपुर ८ सय १ र भक्तपुरमा ८० सक्रिय सङक्रमित रहेका छन् । कुलमा सङ्क्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।



