काठमाडौं । निर्वाचन आयोगले सरकारलाई आगामी भदौं २० भित्रै कर्मचारी सरुवा, काज तथा पदस्थापनको काम टुंग्याउन निर्देशन दिएको छ ।अगामी मंसिर ४ मा हुने लागेको निर्वाचनको लागि जनशक्ति व्यवस्थापनका लागि आयोगले काजमा खटिएका कर्मचारीलाई पनि फिर्ता गर्न बिहीबार निर्देशन दिएको हो ।
दरबन्दीअनुसार कर्मचारी पठाउन र काजमा खटिएकालाई फिर्ता बोलाउन आयोगले सरकारलाई भदौ २० सम्मको समय सीमा तोकेको छ । आयोगका अनुसार तीनै तहका सरकार, आयोग, बोर्ड, कोष, प्राधिकरणलगायतका संस्थालाई स्वीकृत संगठन संरचना तथा दरबन्दीअनुसारका कर्मचारी पद अनिवार्य पदस्थापन गर्न लागि सरकारलाई निर्देशन दिएको छ ।
त्यस्तै, आयोगले निर्वाचनका काममा खटिने बाहेक अन्य कर्मचारीलाई भदौं २० गतेसम्ममा संघ,प्रदेश र स्थानीय तहको स्वीकृत दरबन्दीको तह र पदनाम बमोजिम सरुवा तथा पदस्थापन भएका कर्मचारीहरुलाई निर्वाचन सम्पन्न नभएसम्म अन्यन्त्र काम काज गर्ने र काजमा पठाउने वा सरुवा नगर्ने समेत भनेको छ ।



