काठमाडौं । काठमाडौं उपत्यकामा प्रहरीले एकै दिन ३ हजार ६ जना सवारी चालकलाई कारबाही गरेको छ ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ६२, लेन अनुशासन पालना नगर्ने १ सय १४, रेड लाइटमा सवारी साधन चलाउने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय २२ र नम्बर प्लेट नदेखिने गरी राख्ने ३० जना सवारी चालक रहेका छन् ।
यस्तै, २ हजार ५ सय ९६ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।
ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरूलाई उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएकोे हो ।