images
images

नेपाल टेलिकमले ल्यायो ‘इन्डिया भ्वाइस प्याक ’ अफर


  • 419
    SHARES
  • २०७९ भाद्र २ गते बिहीबार

    नेपाल टेलिकमले ल्यायो ‘इन्डिया भ्वाइस प्याक ’ अफर

    काठमाडौं । नेपाल टेलिकमले ‘इन्डिया भ्वाइस प्याक’ अफर ल्याएको छ । बुधबारबाट देखि लागु भएको यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी अफर लिन सकिन्छ । 

    इन्डिया भ्वाइस प्याक – डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा ५९रुपैयाँमा उपलब्ध रहेको छ भने त्यसैगरी एक दिनसम्मको लागि ७५ मिनेट र मन्थ्ली अफर अन्तर्गत ३० दिन (एक महिना) सम्म २ सय २१ मिनेट कुराकानी गर्न सकिने प्याकहरु क्रमश २५९ रुपैयाँ मा र ७५९ रुपैयाँ मा उपलब्ध गराएको छ । 

    यसका साथै एक्सेस कोडहरु ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिन्छ । यो प्याकेज खरिद गर्नका लागि आफ्नो मोबाइलबाट *१४१५# डायल गरी ७ नम्बर छनौट पश्चात् खरिद प्रक्रिया अघि बढाउन सकिन्छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।


    images
    images

    Logo