images
images

भक्तपुरमा आजदेखि नेपाली काँग्रेसको अभियान सुरु


  • 1.4K
    SHARES
  • २०७९ भाद्र २ गते बिहीबार

    भक्तपुरमा आजदेखि नेपाली काँग्रेसको अभियान सुरु

    काठमाडौं । भक्तपुरमा आजदेखि नेपाली काँग्रेसको निर्वाचन लक्षित अभियान सुरु भएको छ । नेपाली कांग्रेस भक्तपुरले जिल्ला भित्रका ३८ वडामा जिल्ला प्रतिनिधि खटाइ सो अभियान सुरु गरेको हो । 

    नेपाली कांग्रेस भक्तपुरले गत २८ गतेको जिल्ला कार्यसमितिबाट निर्णय भए अनुसार नै प्रतिनिधिहरू वडामा खटाईएको र सो प्रतिनिधिमा जिल्ला स्तरीय नेताहरू रहेकाे जनाएको छ। बिहीबार बिहान  जिल्ला सभापति दुर्लभ थापाले स्थानिय चुनाब अघि पछि र बर्तमानमा वडातह सम्म पार्टीका गतिबिधि र संगठनलाई मजबुत बनाउन प्रतिनिधिहरूलाई पत्र सहित पठाएको बताए। 

    प्रतिनिधिहरूले पार्टीलाई अझ सशक्त र मजबुत बनाएर आफ्नो जिम्मेवारी पुरा  गर्नुकासाथै भक्तपुरमा संघ र प्रदेश चुनाबमा नेपाली कांग्रेसलाई निर्वाचित गराउन ठुलो भुमिका निभाउने विश्वास नेपाली काँग्रेस भक्तपुरले लिएकाे छ ।  

    सभापति थापाले भक्तपुरलाई कांग्रेसमय बनाउन सबैको प्रयास र प्रयत्नमा मात्र संभब हुने भन्दै संघ संस्था ,भातृ संस्थाहरू र कृयाशिल साथीहरूलाई चित्त दुःखई भए सम्झाई बुझाई उहांहरूको राय सल्लाह लिन समेत प्रतिनिधिहरूलाई आग्रह गरे ।

    खटिएका जिल्ला प्रतिनिधिहरु :
    भक्तपुर नगरपालिका
    १, अष्ट कुमार कवे
    २, हरिप्रसाद नेपाल
    ३, पुरुषोत्तम लामिछाने
    ४, उद्धव सिलवाल
    ५ जीवन श्रेष्ठ
    ६, किरण थापा श्रेष्ठ
    ७, देवेन्द्र थापा श्रेष्ठ
    ८, शिव शरण खत्री
    ९, कल्पना लामिछाने
    १०, प्रविण बन
    सुर्यविनायक नगरपालिका
    १, प्रेम खत्री
    २, गणेश प्रसाद फुयाल
    ३, उमेश कुमार खड्का
    ४, पवन भुजु
    ५, प्रमिला सुवेदी आचार्य
    ६, मुरारी प्रसाद आचार्य
    ७, कमला कर्माचार्य
    ८, सरु बाँनिया
    ९, राजेश मानन्धर
    १०,अच्यूत अधिकारी

    मध्यपुर थिमी नगरपालिका
    १ , रामेश्वर ध्वजु
    २, शशी बस्नेत
    ३, पूर्ण विशंखे
    ४, मनोज कुमार थापा
    ५, पुस्कर खत्री
    ६, संगिता फुयाँल
    ७, सृजना केसी
    ८, सुरेश श्रेष्ठ
    ९, राजाराम खड्का

    चागुनारायण नगरपालिका

    १, दिपेन्द्र कुमार थापा
    २, ललिता घिताल
    ३, रबि राणा
    ४, देवेन्द्र न्यौपाने
    ५, विष्णुराज कार्की
    ६, संतोष भटराई
    ७, राजु थापा
    ८, अन्जना देवी मधिकर्मी
    ९, रन्जन राज ढुङ्गेल



    images
    images

    Logo