images
images

खर्च विवरण नबुझाउने सवा लाख उम्मेदवारलाई कारबाही गर्दै निर्वाचन आयोग


  • 389
    SHARES
  • २०७९ भाद्र २ गते बिहीबार

    खर्च विवरण नबुझाउने सवा लाख उम्मेदवारलाई कारबाही गर्दै निर्वाचन आयोग

    काठमाडौं । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएर पनि खर्च विवरण नबुझाउने झण्डै सवा लाख उम्मेदवारमाथि निर्वाचन आयोगले कारबाही थालेको छ । निर्वाचन सकिएको २ महिनाभित्र विवरण बुझाउनुपर्ने व्यवस्था बमोजिम विवरण नबुझाएका उम्मेदवारको सूची सार्वजनिक गर्दै आयोगले यस्तो कारबाही थालेको हो । 

    यसरी विवरण नबुझाउनेहरुको संख्या १ लाख २३ हजार ७ सय ८३ जना रहेको छ । जसमा महानगरपालिकाका मेयरदेखि वडा सदस्यसम्मका उम्मेदवारहरु छन् । निर्वाचनमा सहभागी भइ जीत हासिल गरेका समेत अधिकांश उम्मेदवारले अहिलेसम्म यस्तो विवरण बुझाएका छैनन् । 

    हालसम्म २१ हजार २ सय ३० जनाले भने सम्पत्ति विवरण बुझाएका छन् । त्यसमध्ये ८ हजार ६ सय ५२ जना जनाले तोकिएको भन्दा ढिलो खर्च विवरण बुझाएको निर्वाचन आयोगले जनाएको छ । 

    अब पनि विवरण नबुझाउनेहरुमाथि आयोगले थप कारबाही गर्दै जानेछ । आयोगले ६ महिनाभित्र समेत खर्च विवरण नबुझाउनेमाथि ५ लाखसम्म जरिवाना गर्न तथा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा सहभागी हुन नपाउनेगरी प्रतिबन्ध लगाउने कारबाही गर्नसक्ने व्यवस्था रहेको छ । 

     


    images
    images

    Logo