काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–८ बस्ने ५० वर्षीय चण्डेश्वर थापा रहेका छन् ।
प्रहरीका अनुसार २५ वर्षीया महिलालाइ गत साउन २५ गते करणी गरी फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले मध्यपुरठिमी नगरपालिका–४नयाँठिमीबाट पक्राउ गरेको हो ।