images
images

काठमाडौंको फोहोर लैजान ट्रक व्यवसायीको सहयोग 


  • 350
    SHARES
  • २०७९ भाद्र २ गते बिहीबार

    काठमाडौंको फोहोर लैजान ट्रक व्यवसायीको सहयोग 

    काठमाडौं । काठमाडौँ महानगरपालिकालाई फोहोर ढुवानी गर्न नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिबाट सहयोग सुरु भएको छ ।आज नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले हप्तैदेखि थुपिएको फोहोेर बन्चरेडाँडासम्म पुर्याउनको लागि सहयोग गरेको हो । 

    महानगरपालिकाका अनुसार विहान नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिका १८ वटा ट्रिपर, समानान्तर निर्माण सेवाका ३० वटा महानगरका १२ वटा गरी ६० वटा ट्रिपरले ट्रान्सफर स्टेसनबाट फोहोर ढुवानी गरेका छन् । 

     समितिले उपलब्ध गराएका ट्रिपरलाई महानगरले हरेक ट्रिपका लागि २३ लिटर डिजेल र श्रमिकलाई एक दिनको १ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउनेछ । 

    फोहोर व्यवस्थापनका लागि अवरोध गर्ने सृङ्खलामा सहयोग गर्न आएका सहयोगीप्रति आभार प्रकट गर्दै महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले, फोहोर व्यवस्थापन कार्यलाई वातावरण र जनस्वास्थ्यमैत्री बनाउने प्रयासमा जोड दिएको बताए । ‘लामो समयसम्मको अवरोधका कारण थुप्रिएको फोहोर उठाउनु पर्ने पहिलो दायित्व भएकोले योजना कार्यान्वयनमा केही समस्या भएको छ । तर, लक्ष्यमा म अडिग छु ।’ प्रमुख शाहको भनाइ छ । 

    ट्रान्सफर स्टेशनको फोहोर ढुवानी थालिएपछि पीडित संघर्ष समितिका संयोजक चन्द्रमान महर्जनले खुशी व्यक्त गर्दै प्रमुख शाहलाई धन्यवाद दिए । ‘हामी आजको दिनको प्रतिक्षामा थियौँ ।’ 

     


    images
    images

    Logo