काठमाडौं । ग्लोबल आईएमइ बैंकको सिस्टम आज रातिदेखि ६ घण्टाको लागि अवरुद्ध हुने भएको छ । बैंकले सिस्टम अपेडटको लागि भदौ २ गते राति १२ बजेदेखि भदौ ३ गते विहान ६ बजेसम्मको लागि बन्द गर्ने हो ।
बैंकले बिहीबार सूचना जारी गर्दै सिस्टम अवरुद्ध हुने बारे ग्राहकलाई जानकारी गराएको छ । यसका साथै बैंकको सम्पूर्ण विद्युतीय कारोबार तथा यसका माध्यमहरू अबरुद्ध रहने हुँदा सम्पूर्ण ग्राहकहरुको जानकारीका लागि सूचना प्रकाशित गरिएको भन्दै यसबाट ग्राहकमा पर्न जाने असुविधा प्रति बैंक क्षमाप्रार्थी रहेको बैकले जनाएको छ ।
