काडमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमेटेडले दिँदै आएकाे सेवा आज साँझदेखि बन्द हुने भएको छ । सीडीएसले विहिवार सुचना जारी गर्दै आज साँझ ५:३० बजेदेखि सम्पूर्ण सेवा बन्द हुने जनाएको हो ।
सीडीएससीको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरू नयाँ सर्भर न्याकमा स्थानान्तरण गनुएपर्ने भएकाले आजदेखि १ दिनका लागि बन्द हुने भएको हो ।
यसरी नयाँ सर्भरमा डाटा स्थान्तरण गर्दा सीडीएससीले दिँदै गर्दै आएको मेरो सेयर, सी आस्वा, वेब सीडीएस, सीएलएस लगायत सम्पूर्ण सेवा अवरुद्ध हुने सीडीएसले जानकारी गराएको छ ।