काठमाडौं । सुनको मुल्य आज विहीबार पनि घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



