काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले संस्थापक समुहतर्फको कुल ५० हजार कित्ता शेयर विक्री गर्न लागेको हो ।
उक्त शेयरको न्युनतम शेयर मूल्य प्रतिकित्ता १ सय ४० रुपैयाँ तोकिएको छ । साथै सो शेयरमा आवेदन दिँदा लगानीकर्ताले न्युनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
इच्छुक लगानीकर्ताले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई भदौ १० गतेदेखि भदाै १७ सम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।
कम्पनीले यस अघि पनि संस्थापक शेयरधनीका लागि विक्री खुला गरेको थियो सो समयभित्र पर्याप्त आवेदन नपरेकाले कम्पनीले पुनः बोलपत्र खुला गरेको हो ।



