images
images

भन्सारमा रोकिएको ९ सय गाडीको जाँचपास गर्ने बाटो खुल्यो


  • 457
    SHARES
  • २०७९ भाद्र १ गते बुधबार

    भन्सारमा रोकिएको ९ सय गाडीको जाँचपास गर्ने बाटो खुल्यो

    काठमाडौं । भन्सारमा रोकिएका ९ सय गाडीको जाचँपास गर्ने बाटो खुलेको छ । बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सो निर्णय गरेको हो ।

    मन्त्रालयका अनुसार गत बैशाख १३ गतेभन्दा अगाडि बैकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भएको हकमा मालवस्तु पैठारी गर्न बाधा नपर्ने निर्णय भएको छ । साे निर्णयसँगै भन्सारमा रोकिएको ९ सय गाडीको जाँचपास गर्ने बाटो खुलेकाे छ ।

    सरकारले असार ३१ गते प्रकाशित गरेको सूचनामा भाषिक  त्रुटि हुँदा सवारी जाँचपास रोकिएको थियो। जसले गर्दा भन्सारमा पौने ५ अर्ब रुपैयाँ बराबरको गाडी रोकिएका छन् ।

     


    images
    images

    Logo