images
images

१३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक


  • 484
    SHARES
  • २०७९ श्रावण २९ गते आइतबार

    १३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । सोमबार बैंकले १३ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो । 

    बैंकले २८ दिन अवधिको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।  त्यस्तै, ९१ दिन अवधिको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ भने १ सय ८२ दिन अवधिको लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ

    उक्त ट्रेजरी बिल २८ दिनको भदौ २८ गते परिपक्व हुनेछ । ९१ दिन अवधिको कातिक २९ गते परिपक्व हुनेछ भने  १ सय ८२ दिन अवधिको फागुन २ गते परिपक्व हुनेछ । यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ ।

    उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।    


    images
    images

    Logo