images
images

निर्जीवन बीमा कम्पनीकोे एक महिनामा ५ अर्बले बढ्यो बीमाशुल्क संकलन


  • 670
    SHARES
  • २०७९ श्रावण २७ गते शुक्रबार

    निर्जीवन बीमा कम्पनीकोे एक महिनामा ५ अर्बले बढ्यो बीमाशुल्क संकलन

    काठमाडौं । निर्जीवन बीमा कम्पनीले एकै महिनामा ५ अर्ब रुपैयाँले बीमाशुल्क संकलन बढाएका छन् । संञ्चालन रहेका २० निर्जीवन बीमा कम्पनीहरुले असारसम्ममा कुल ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार २० कम्पनीले २७ करोड ८८ लाख रुपैयाँ बीमालेख जारी गरी यस बीमा शुल्क आर्जन गरेका हुन् ।

    तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरुले असार महिनामा मात्रै २ लाख ४४ हजार बीमालेखबाट ५ अर्ब २८ करोड ६३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

    समितिको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरुमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ यो अवधिमा शिखर इन्स्योरेन्सले ५ अर्ब ९२ लाख रुपैयाँ  बीमा शुल्क आर्जन गरेको छ । 

    त्यस्तै दोस्रो नम्बरमा रहेको सगरमाथा इन्स्योरेन्स कम्पनीले ३ अर्ब १० करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा तेस्रो नम्बरमा रहेको नेकोले २ अर्ब ८५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

    त्यस्तै असार महिनासम्ममा सबैभन्दा थोरै बीमाशुल्क संकलन गर्नेमा जनरल इन्स्योरेन्सले कम्पनी रहेको छ । सो कम्पनीले ९० करोड १२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

     


    images
    images

    Logo