काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद नोक्सानमा गएकाे छ । आर्थिक वर्ष २०७८/७९ काे विवरण अनुसार कम्पनीकाे नाेक्सानी ३५ करोड २७ लाख रुपैयाँ पुगेकाे हाे ।
जीवन बीमा कम्पनीहरुलाई मापन गर्ने एउटा प्रमुख सूचक मध्येको एक जीवन बीमा कोष रहेकोमा सो कोष २१.५८ प्रतिशतले वृद्धि भएको छ । गत वर्षसम्म १ खर्ब १२ अर्ब रहेको जीवन बीमा कोष गत आर्थिक वर्षको असार मसान्तसम्म २१.५८ प्रतिशतले वृद्धि हुँदै १ खर्ब ३६ अर्ब पुगेको छ ।
त्यस्तै, असार मसान्तसम्ममा कम्पनीले खुद बीमा शुल्क ९.४४ प्रतिशत बढेर ३५ अर्ब ४४ करोड रुपैयाँ पुगेकाे छ। गत वर्ष यस्ताे रकम ३२ अर्ब ३६ करोड रुपैयाँ रहेकाे थियाे । त्यसैगरी, कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रहेको छ भने जगेडा कोषमा २८ करोड ८३ लाख रकम संचित छ ।
असार मसान्तसम्ममा कम्पनीको ४ रुपैयाँ ३० पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ८२ पैसा रहेको छ।



