काठमाडौं । बैंकहरुकाे निक्षेप घट्ने क्रम बढेकोे छ । साउन महिनामा मात्रै बैंकहरुको निक्षेप ९५ अर्ब रुपैयाँले घटेको छ । बैंकर्ष संघले सार्वजनिक गरेको विवरण अनुसार ३ सातामा बैंकहरुको निक्षेप सो रकम बराबर घट्न पुगेकोे हो ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असार अन्तिम साता ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको निक्षेप साउनको तेस्रो सातामा आउँदा ९५ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ४६ अर्ब रुपैयाँमा झरेको छ । साउनको तेस्रो सातामा मात्रै बैंकहरु निक्षेप ४ अर्ब रुपैयाँले घटेको छ ।
साही समयमा बैंकहरुको कर्जा लगानीमा पनि कमि आएको छ । साउन महिनामा बैंकहरुको कर्जा लगानी ९ अर्ब रुपैयाँले घटेको छ । असारको अन्तिम साता ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको निक्षेप साउन तेस्रो साता ९ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ४६ अर्ब रुपैयाँमा झरेको संघले जनाएको छ ।



