images
images

सिन्धु विकास बैंकको नाफा ६ करोड ८१ लाख, इपीएस कति ? 


  • 732
    SHARES
  • २०७९ श्रावण २१ गते शनिबार

    सिन्धु विकास बैंकको नाफा ६ करोड ८१ लाख, इपीएस कति ? 

    काठमाडौं । सिन्धु विकास बैंकको नाफा ६ करोड ८१ लाख रहेको छ ।  अर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्ममा बैंकले सो रकम बराबरको नाफा आर्जन गरेको हो । सो गत बर्षको नाफा भन्दा ११४.१५प्रतिशतले बढी हो । गत वर्ष यस्तो रकम ३ करोड १८ लाख रुपैयाँ रुपैयाँ रहेको थियो ।

    बैंकको खुद व्याज आम्दानी १ करोड ६७ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ करोड ६९ लाख  रहेको थियो । बैंकको  हाल सम्मको वितरण योग्य नाफा ३ करोड रहेको छ ।

    असार मसान्तसम्म बैंकको निक्षेप ४ अर्ब ७८ करोड रहेको छ भने भने अघिल्लो वर्ष असार मसान्तमा बैंकको निक्षेप ४ अर्ब २५ करोड रहेका थियो । त्यस्तै, कर्जा  ३ अर्ब ५६ करोड रहेको छ भने अघिल्लो वर्ष असार मसान्तमा बैंकको कर्जा २ अर्ब ९३ करोड रुपैयाँ रहेको थियो ।
     
    कम्पनीको प्रति सेयर आम्दानी १२.२२ रहेको छ । त्यसैगरी नेटवर्थ ११४.४६ रुपैयाँ रहेको छ भने मुल्य आम्दानी अनुपात १८.०५ गुणा रहेको छ ।


    images
    images

    Logo