काठमाडौं । कामना सेवा विकास बैंकको नाफा बढेको छ । आर्थिक वर्ष २०७८/७९ को चौथो वित्तीय विवरण अनुसार बैंकले असार मसान्तसम्ममा ६३ करोड ९ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको तुलनामा ५.३५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५९ करोड ८१ लाख रुपैयाँ कमाएको थियो।
बैंकको खुद व्याज आम्दानी १ अर्ब ९५ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५३ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ९० करोड १३ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ८६ करोड ३ लाख रहेको थियो ।
बैंकको हाल सम्मको वितरण योग्य नाफा १९ करोड ८६ लाख रहेको छ ।असार मसान्तसम्म बैंकको निक्षेप ४६ अर्ब २६ करोड रहेको छ भने भने अघिल्लो वर्ष असार मसान्तमा बैंकको निक्षेप ४४ अर्ब २० करोड रहेका थियो । त्यस्तै, कर्जा ४२ अर्ब ५१ करोड रहेको छ भने अघिल्लो वर्ष असार मसान्तमा बैंकको कर्जा ३८ अर्ब ५८ करोड रुपैयाँ रहेको थियो ।
कम्पनीको प्रति सेयर आम्दानी २०.०८ रहेको छ । त्यसैगरी नेटवर्थ १४०.०३ रुपैयाँ रहेको छ भने मुल्य आम्दानी अनुपात १७.४३ गुणा रहेको छ ।



