काठमाडौं । ज्योति विकास बैंकको नाफा ५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८/७९ को चौथो वित्तीय विवरण अनुसार बैंकले असार मसान्तसम्ममा ७० करोड १५ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको तुलनामा ५.६६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६६ करोड ३८ लाख रुपैयाँ कमाएको थियो।
बैंकको खुद व्याज आम्दानी १ अर्ब ९५ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५८ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा १ अर्ब लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ९४ करोड ९७ लाख रहेको थियो । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा ३५ करोड ३० लाख रहेको छ ।
असार मसान्तसम्म बैंकको निक्षेप ५३ अर्ब ७४ करोड रहेको छ भने भने अघिल्लो वर्ष असार मसान्तमा बैंकको निक्षेप ४९ अर्ब ५५ करोड रहेका थियो । । त्यस्तै, कर्जा ४९ अर्ब ५५ करोड रहेको छ भने अघिल्लो वर्ष असार मसान्तमा बैंकको कर्जा ४२ अर्ब ९१ अर्ब रुपैयाँ रहेको थियो ।
कम्पनीको प्रति सेयर आम्दानी १६.४४ रहेको छ भने । त्यसैगरी नेटवर्थ १३२.७३ रुपैयाँ रहेको छ भने मुल्य आम्दानी अनुपात १८.३९ गुणा रहेको छ ।



