images
images

सेञ्चुरी बैंक नाफा १ अर्ब ३५ करोड, वितरणयोग्य नाफा कति ?


  • 469
    SHARES
  • २०७९ श्रावण २१ गते शनिबार

    सेञ्चुरी बैंक नाफा १ अर्ब ३५ करोड, वितरणयोग्य नाफा कति ?

    काठमाडों । सेञ्चुरी बैंकको नाफा १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।  अर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्ममा बैंकले सो रकम बराबरको नाफा आर्जन गरेको हो ।  सो गत बर्षको नाफा भन्दा ११७.७४ प्रतिशतले बढी हो ।  गत वर्ष यस्तो रकम ६२  करोड ९३ लाख रुपैयाँ रुपैयाँ रहेको थियो ।बैंकले खुद ब्याज आम्दानी ३ अर्ब २० करोड रुपैयाँ  रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो ।

    गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा ९१ करोड रुपैयाँ छ । जसअनुसार बैंकको लाभांश क्षमता ९ प्रतिशत रहने छ। असार मसान्तसम्म बैंकको निक्षेप ९८ अर्ब ९५ करोड रुपैयाँ रहेका छ भने गत  अघिल्लो वर्ष असार मसान्तमा बैंकको निक्षेप ९३ अर्ब ४९ करोड रहेको थियो ।  त्यस्तै, कर्जा ८८ अर्ब ८५ करोड रुपैयाँ रहेको छ भने अघिल्लो वर्ष असार मसान्तमा बैंकको कर्जा ७८ अर्ब रुपैयाँ रहेको थियो । 

     बैंकको प्रतिसेयर आम्दानी १४.२१ रुपैयाँ रहेको छ भने सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.८८ गुणा रहेको छ । यसका साथै सेञ्चुरी बैंकले प्रभु बैंकसँग मर्जरमा जाने निर्णय गरेको छ ।

     


    images
    images

    Logo