images
images

ग्लोबल बैंकसँग मर्जरमा जान लागेको बीओकेको नाफा १ अर्ब ८१ करोड


  • 512
    SHARES
  • २०७९ श्रावण २१ गते शनिबार

    ग्लोबल बैंकसँग मर्जरमा जान लागेको बीओकेको नाफा १ अर्ब ८१ करोड

    काठमाडौं । ग्लोबल बैंकसँग मर्जरमा जाने लागेका बैंक अफ काठमाण्डू (बीओके) बैंकको नाफा  १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । यो गत वर्षको तुलनामा ४.८७ प्रतिशतले बढी हो ।अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले  १ अर्ब ७२ करोड रुपैयाँ कमाएको थियो। बैंकको खुद व्याज आम्दानी  ४ अर्ब ३ करोड रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब २६करोड रुपैयाँ  रहेको थियो । 

    असार मसान्तसम्म बैंकको निक्षेप १ खर्ब ९ अर्ब रहेको छ भने अघिल्लो वर्ष असार मसान्तमा बैंकको निक्षेप १ खर्ब ३ अर्ब  रहेका थियो । त्यस्तै, कर्जा १ खर्ब २ अर्ब रुपैयाँ रहेको छ भने अघिल्लो वर्ष असार मसान्तमा बैंकको कर्जा ९३ अर्ब रुपैयाँ रहेको थियो । 

     सो अवधिमा बैंकको वितरण योग्य नाफा भने  १ अर्ब ३० करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ४ पैसा रहेको छ भने सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.३३ गुणा रहेको छ । यसका साथै ग्लोबल आइएमई बैंक र बीओके बैंकसँग मर्जरमा जानेको लागि सम्झौता गरेका छन् । 



    images
    images

    Logo