images
images

१० प्रतिशतले बढ्यो नेपाल बैंकको नाफा, इपीएस कति ?


  • 551
    SHARES
  • २०७९ श्रावण २१ गते शनिबार

    १० प्रतिशतले बढ्यो नेपाल बैंकको नाफा, इपीएस कति ?

    काठमाडौं ।  नेपाल बैंक नाफा १० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८/७९ को चौथो वित्तीय विवरण अनुसार बैंकले असार मसान्तसम्ममा ३ अर्ब २६ करोड रुपैयाँकमाएको छ । यो गत वर्षको तुलनामा १०.२९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले  २ अर्ब ९६ करोड रुपैयाँ कमाएको थियो। 

    बैंकको खुद व्याज आम्दानी  ६ अर्ब ८८ करोड रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ४२ करोड रुपैयाँ  रहेको थियो । यसबाट बैंकले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने क्षमता राख्छ । सो अवधिमा बैंकको वितरण योग्य नाफा भने १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

    असार मसान्तसम्म बैंकमा १ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप तथा कर्जा १ खर्ब ७१ अर्ब रुपैयाँ छ । अघिल्लो वर्ष असार मसान्तमा १ खर्ब ६२ अर्ब थियो भने कर्जा १ खर्ब ३५ अर्ब थियो ।

    बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६७ पैसा रहेको छ भने सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.१४ गुणा रहेको छ भने  र प्रतिशेय नेटवर्थ २४८.४२ रुपैयाँ छ।

     


    images
    images

    Logo