काठमाडौं । हिमालयन बैंकमा गाभिन लागेका सिभिल बैंकको नाफा १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । अर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्ममा बैंकले सो रकम बराबरको नाफा आर्जन गरेको हो । गत वर्ष यस्तो रकम ५२ करोड ७७ लाख रुपैयाँ रुपैयाँ रहेको थियो ।
बैंकको खुद व्याज आम्दानी ३ अर्ब ६४ करोड रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब २१ करोड रहेको थियो । बैंकको नाफा सँगै वितरणयोग्य नाफामा पनि आकर्षक बृद्धि देखिएको छ। गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा १ अर्ब रुपैयाँ छ। जसअनुसार बैंकको लाभांश क्षमता ११ प्रतिशत रहने छ।
बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ २६ पैसा रहेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १३.९६गुणा रहेको छ भने प्रतिशेय नेटवर्थ १३२.४३ रुपैयाँ छ।