images
images

मेगा बैंकको नाफा २१ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?


  • 375
    SHARES
  • २०७९ श्रावण २१ गते शनिबार

    मेगा बैंकको नाफा २१ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

    काठमाडौं । मेगा बैंकको नाफा २१ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८÷७९ को चौथो वित्तीय विवरण अनुसार बैंकले असार मसान्तसम्ममा २ अर्ब ८३ करोड नाफा कमाएको छ । यो गत वर्षको तुलनामा २१.७८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ३२ करोड रुपैयाँ नाफा कमाएको थियो।

    बैंकको खुद व्याज आम्दानी  ५ अर्ब ९१ करोड रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा  ५ अर्ब ७९ करोड रुपैयाँ रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ६३ करोड रुपैयाँ छ। 

    असार मसान्तसम्म बैंकमा १ खर्ब ५३ अर्ब निक्षेप छ । यस्तै कर्जा १ खर्ब ४७ अर्ब रहेको छ । बैंकमा अघिल्लो वर्ष असार मसान्तमा १ खर्ब ३६ अर्ब निक्षेप थियो भने कर्जा १ खर्ब ३६ अर्ब कर्जा थियो ।

    बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५७ पैसा रहेको छ ।  सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.८७ गुणा रहेको छ भने प्रतिशेय नेटवर्थ १४२.५२ रुपैयाँ रहेको छ। 


    images
    images

    Logo