काठमाडौं । नेपाल बैकर्स संघले सनउन महिनाका लागि ब्याजदर नबढाउने सहमति गरेको छ । शुक्रवार बसेको संघको बैंठकले सो निर्णय गरेको हो ।
राष्ट्र बैंकले व्याजर बढाउने आधारहरु दिए पनि बैंकहरुले १० दिनको लागि व्याजदर यथावत राख्ने भद्र सहमति गरेका छन् । साउन महिनाको लागि ब्याजदर यथावत राख्ने र भदौ महिनामा के गर्ने विषयमा साउनको अन्तिममा निर्णय लिने सहमति संघको बैठकमा भएको छ ।
राष्ट्र बैंकले बैंकदरलाई ७ प्रतिशतबाट ८ प्रतिशत पुर्याउनुका साथै संस्थागत निक्षेप तर्फ व्यक्तिगत भन्दा २ प्रतिशत कम हुनु पर्ने व्यवस्था गरेको छ ।