images
images

ग्रीन डेभलपमेन्ट बैंकको नाफा ८६ प्रतिशत बढ्यो, अन्य सूचक कस्तो ?


  • 339
    SHARES
  • २०७९ श्रावण २० गते शुक्रबार

    ग्रीन डेभलपमेन्ट बैंकको नाफा ८६ प्रतिशत बढ्यो, अन्य सूचक कस्तो ?

    काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको नाफा ८६ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार अर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्ममा बैंकले २ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको तुलनामा ८६.३४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ करोड २९ लाख रुपैयाँ नाफा कमाएको थियो।

    बैंकको खुद व्याज आम्दानी १२ करोड ५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८ करोड १२ लाख रुपैयाँ रहेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद ब्याज आम्दानी ४८.३१ प्रतिशतले बृद्धि भएको हो । त्यसैगरी, बैंकले २ अर्ब ९२ करोड ३७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह  २ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ ।  

    बैंकको सञ्चालन मुनाफा ३ करोड ६५ लाख रुपैयाँ पुगेको छ भने गत अघिल्लो वर्षको सोहि अवधिको २ करोड २ लाख रुपैयाँ रहेको थियो । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेर ४ रुपैयाँ ६६ पैसा पुगेको छ । 


    images
    images

    Logo