images
images

एनबी विलयपछिको नबिल बैंक : वितरण योग्य रकम ९ अर्ब, लाभांश क्षमता ४०%


  • 2.5K
    SHARES
  • २०७९ श्रावण २० गते शुक्रबार

    एनबी विलयपछिको नबिल बैंक : वितरण योग्य रकम ९ अर्ब, लाभांश क्षमता ४०%

    काठमाडौं । नेपाल बंगलादेश बैंकको प्राप्तीपछि नबिल बैंकले पहिलोपटक एकीकृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ९७ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा झण्डै १० प्रतिशत बढी हो ।

    नाफा वृद्धिमा त्यति उत्साह नदेखिए पनि बैंकको वितरणयोग्य नाफा भने उच्च छ । नेपाल बंगलादेश बैंकलाई ४३ रुपैयाँमा गाभ्दा बैंकले वितरण गर्न मिल्ने नाफाको आकार बढेको हो । आगामी वर्ष बैंकले ९ अर्ब १२ करोड रुपैयाँ लाभांश दिनसक्ने देखिन्छ । अहिले बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोडका आधारमा यो रकम वितरण गर्दा प्रतिशेयर करिब ४० रुपैयाँसम्म लाभांश दिनसक्ने क्षमता हुन्छ । 

    बैंकको निक्षेप ३ खर्ब २६ अर्ब, कर्जा लगानी ३ खर्ब १ अर्ब पुगेको छ । यद्यपि मर्जरपछि ब्याज आम्दानी, कमिसन तथा शुल्क आम्दानी लगायत आम्दानीका क्षेत्रमा भने उल्लेख्य सुधार देखिएको छैन । बैंकले नेपाल बंगलादेश बैंकबाट प्राप्त आम्दानीलाई नाफा नाेक्सान विवरणमा नदेखाएका कारण बैंकको सञ्चालन नाफामा सामान्य मात्रै सुधार भएको छ । 

    बैंकले खर्चमा समेत मितव्ययी बन्न खोजेको देखिन्छ । सञ्चालन नाफा सामान्य बढे पनि बैं‌ककाे कर्मचारी खर्च अघिल्लो वर्षको भन्दा घटेको देखिन्छ । 


    images
    images

    Logo