काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ४५.२९ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८/७९ को चौथो वित्तीय विवरण अनुसार बैंकले असार मसान्तसम्ममा ५९ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको तुलनामा ४५.२९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४१ करोड रुपैयाँ नाफा कमाएको थियो।
बैंकको खुद व्याज आम्दानी १ अर्ब ७४ करोड रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २० करोड रुपैयाँ रहेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ४५.२९ प्रतिशतले बृद्धि भएको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३४ करोड ८६ लाख रुपैयाँ रहेको छ।
त्यसैगरी सञ्चालन मुनाफा ८६ करोड ४६ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ५८ करोड ९४ लाख रहेको थियो ।
कम्पनीको प्रति सेयर आम्दानी १९ रुपैयाँ ७९ पैसा रहेको छ भने सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.०५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ४१ रुपैयाँ ५२ पैसा रहेको छ।



