images
images

मितेरी डेभलपमेन्ट बैंकको नाफा १५ करोड ३६ लाख पुग्यो, कस्तो छ अन्य सुचक ?


  • 588
    SHARES
  • २०७९ श्रावण २० गते शुक्रबार

    मितेरी डेभलपमेन्ट बैंकको नाफा १५ करोड ३६ लाख पुग्यो, कस्तो छ अन्य सुचक ?

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको नाफा १५ करोड ३६ लाख रुपैयाँ भन्दा बढी पुगेको छ । अर्थिक वर्ष २०७८/७९ असार मसान्तसम्ममा बैंकले सो रकम बराबरको नाफा आर्जन गरेको हो । यो गत वर्षको तुलनामा ५.५१ प्रतिशत बढी हो। गत वर्ष यस्तो रकम १४ करोड ५६ लाख रुपैयाँ रहेको थियो । 

    असार मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा १० करोड ९५ लाख रुपैयाँ रहेको छ। बैंकको कुल सञ्चालन आम्दानी ७.६९ प्रतिशत घटेको छ भने सञ्चालन नाफा ५.३१ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको जगेडा कोषमा ४० करोड ३ लाख रुपैयाँ रहेको छ ।

    त्यस्तै बैंकको निक्षेप ६ अर्ब ६ करोड बराबरको गरेको छ भने कर्जा प्रवाह ४ अर्ब ८३ करोड बराबरको रहेको छ । असार मसान्तसम्ममा बैंकको प्रति शेयर आम्दानी १७ रुपैयाँ १ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ४४ रुपैयाँ ३१ पैसा रहेको छ।


    images
    images

    Logo