काठमाडौं । गरिमा विकास बैंकको नाफा २६.३५ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार अर्थिक वर्ष २०७८र७९ असार मसान्तसम्ममा बैंकले १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यो गतवर्षको तुलनामा २६.३५ प्रतिशतले बढी हो । गत वर्ष यस्तो रकम ८३ करोड ६३ लाख रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७५ करोड २ लाख रुपैयाँ रहेको छ। बैंकको कुल सञ्चालन आम्दानी १५.४४ प्रतिशतले बढेर ३ अर्ब ५ करोड रुपैयाँमा पुगेको छ भने सञ्चालन नाफा १ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । यो गत वर्षको तुलनामा २५.६८ प्रतिशत बढी हो ।
असार मसान्तसम्ममा बैंकको जगेडा कोषमा २ अर्ब ४ करोड रुपैयाँ रहेको छ । यो गत वर्षको तुलनामा २२.०६ प्रतिशत बढी हो । त्यस्तै, बैंकले ६८ अर्ब ४१ करोड बराबरको निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह ५८ अर्ब ३२ करोड रुपैयाँ बराबरको रहेको छ । असार मसान्तसम्ममा बैंकको प्रति शेयर आम्दानी २३ रुपैयाँ ७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ४४ रुपैयाँ ५७ पैसा रहेको छ।



