images
images

२८ प्रतिशतले बढ्यो शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक नाफा, इपीएस कति ? 


  • 514
    SHARES
  • २०७९ श्रावण २० गते शुक्रबार

    २८ प्रतिशतले बढ्यो शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक नाफा, इपीएस कति ? 

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा २८ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८/७९ को चौथो वित्तीय विवरण अनुसार बैंकले असार मसान्तसम्ममा ६४ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको तुलनामा २८.१० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ३७ रुपैयाँ नाफा कमाएको थियो। 

    बैंकको खुद व्याज आम्दानी १ अर्ब ६६ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब २२ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ९४ करोड ५ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ७३ करोड २५ लाख रहेको थियो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४७ करोड रुपैयाँ रहेको छ।

    असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७ पैसारहेको छ भने सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १७.२८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ४३ रुपैयाँ ३ पैसा रहेको छ।


    images
    images

    Logo