काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ५ अर्बभन्दा बढी नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार अर्थिक वर्ष २०७८र७९ असार मसान्तसम्ममा बैंकको नाफा ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँमा पुगेको हो । यो गतवर्षको तुलनामा ३७.३८ प्रतिशत बढी हो। अघिल्लो वर्ष यस्तो रकम ३ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै, असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३ करोड २३ लाख रुपैयाँ रहेको छ। खुद ब्याज आम्दानी १७.२९ प्रतिशत बढेर ९ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ भने बैंकको सञ्चालन नाफा ३७.६७ प्रतिशत बढेर ७ अर्ब १ करोड रुपैयाँमा पुगेको छ ।
बैंकले असार मसान्तसम्ममा जगेडा कोषमा १८ अर्ब ५४ करोड रुपैयाँ जम्मा गरेको छ । यो गत वर्षको तुलनामा ०.२९ प्रतिशत बढी हो । त्यस्तै बैंकको निक्षेप १.६९ प्रतिशत घटेको छ भने कर्जा १९.२२ प्रतिशत बढेको छ। साथै असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ९० पैसा रहेको छ ।



