images
images

स्टयाण्डर्ड चार्टर्ड र एनसीसी बैंकलाई राष्ट्र बैंकले तिरायो जरिवाना


  • 576
    SHARES
  • २०७९ श्रावण १९ गते बिहीबार

    स्टयाण्डर्ड चार्टर्ड र एनसीसी बैंकलाई राष्ट्र बैंकले तिरायो जरिवाना

    काठमाडौं । नेपाल राष्ट्र बैंकले स्टयाण्डर्ड चार्टर्ड र एनसीसी बैंकलाई जरिवाना तिराएको । राष्ट्र बैंकले नियामकीय निर्देशन पालना नगरेको भन्दै यी दुई बैंकलाई जरिवाना तिराएको हो । 

    राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा अनिवार्य नगद मौज्दात र बैधानिक तरलता अनुपात कायम नगरेको भन्दै स्टयाण्डर्ड चार्टर्ड र एनसीसी बैंकलाई कारबाही गरेको छ ।

    राष्ट्र बैंकका अनुसार स्टयाण्डर्ड चार्टर्ड बैंकले ६३ हजार ५ सय ९७ रुपैयाँ ८३ पैसा तथा एनसीसी बैंकले ४९ हजार ८ सय ८१ रुपैयाँ ७५ पैसा जरिवाना तिरेका छन्।


    images
    images

    Logo