काठमाडौं । मुक्तिनाथ विकास बैंकको नाफा १८.४७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८/७९ को चौथो वित्तीय विवरण अनुसार बैंकले असार मसान्तसम्ममा १ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको तुलनामा १८.४७ प्रतिशत बढी हो। गत वर्ष यस्तो रकम १ अर्ब १५ करोड रहेको थियो ।
बैंकले सो रकम बराबर नाफा कमाउँदा वितरणयोग्य नाफा भने ८१ करोड ५९ लाख रुपैयाँ रहेको छ। असार मसान्तसम्ममा बैंकले खुद ब्याज आम्दानी २१.०८ प्रतिशत बढेको छ साथै सञ्चालन मुनाफा १९.५० प्रतिशत बढेको छ। त्यस्तै बैंकको जगेडा कोषमा २ अर्ब ४४ करोड रुपैयाँ रहेको छ यो गत वर्षको तुलनामा २१.०१ प्रतिशतले बढी हो । बैंकको निक्षेप २०.४३ प्रतिशतले बढेर १ खर्ब ४ अर्ब पुगेको छ भने कर्जा लगानी १९.१८ प्रतिशतले बढेर ८६ अर्ब ९० कराेड रहेकाे छ।
असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ २२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ४३ रुपैयाँ २१ पैसा रहेको छ।



