काठमाडौं । एनएमबि बैंकले ३ अर्ब ७० करोड रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०७८र७९ को चौथो त्रैमाससम्मको विवरण अनुसार बैंकले असार मसान्तसम्ममा सो रकम बराबरको नाफा कमोन सफल भएको हो । यो गत वर्षको तुलनामा ३६.५३ प्रतिशत बढी हो। गत वर्ष यस्तो रकम २ अर्ब ७१ करोड रुपैयाँ रहेको थियो ।
बैंकले सो रकम बराबर नाफा कमाउँदा वितरणयोग्य नाफा भने २ अर्ब ३९ करोड २४ लाख रुपैयाँ रहेको छ । यो गत वर्षको सञ्चित रकमसहित हामे । बैंककोे गत वर्षको मुनाफाबाट शेयरधनीलाई १३.०३ प्रतिशत लाभांश दिने क्षमता रहेको छ । बैंकको कुल सञ्चालन आम्दानी १७.३८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३६.४३ प्रतिशत बढेको छ।
त्यस्तै, बैंकको जगेडा कोषमा ८ अर्ब ८४ करोड रहेको छ यो गत वर्षको तुलनामा १६.०६ प्रतिशत बढी हो । यो वर्ष बैंकको निक्षेप १ खर्ब ८४ अर्ब रुपैयाँ रहेको छ भने कर्जा लगानी १ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ । असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ १५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ४८ रुपैयाँ १४ पैसा रहेको छ।



