images
images

कृषि विकास बैंकको नाफा २६.१६ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा करिब ४ अर्ब


  • 557
    SHARES
  • २०७९ श्रावण १९ गते बिहीबार

    कृषि विकास बैंकको नाफा २६.१६ प्रतिशतले घट्यो, वितरणयोग्य नाफा करिब ४ अर्ब

    कृषि विकास बैंकको नाफा २६.१६ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७८/७९ को चौथो वित्तीय विवरण अनुसार बैंकले असार मसान्तसम्ममा २ अर्ब ३६ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको तुलनामा २६.१६  प्रतिशत कम हो। गत वर्ष यस्तो रकम ३ अर्ब २० करोड  रहेको थियो । 


     बैंकले सो रकम बराबर नाफा कमाउँदा वितरणयोग्य नाफा भने ३ अर्ब ९० करोड ६९ लाख रुपैयाँ रहेको छ । । बैंकको खुद ब्याज आम्दानी १३.३० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १८.२५ प्रतिशत घटेको छ। त्यस्तै बैंकको जगेडा कोषमा १५ अर्ब १२ करोड रहेको छ । यो वर्ष बैंकको निक्षेप १ खर्ब ६६ अर्ब रहेको छ भने कर्जा १ खर्ब ७८ अर्ब रुपैयाँ रहेको छ । 

    बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २ सय १२ रुपैयाँ २५ पैसा रहेको छ। 


    images
    images

    Logo