काठमाडौं । सिद्धार्थ बैंकले ३ अर्ब २१ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०७८र७९ को चौथो त्रैमाससम्मको विवरण अनुसार बैंकले असार मसान्तसम्ममा सो रकम बराबरको नाफा कमोन सफल भएको हो । यो गत वर्षको तुलनामा १२.७८ प्रतिशत बढी हो। गत वर्ष यस्तो रकम २ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ रहेको थियो ।
बैंक सो बराबर नाफा कमाउँदा वितरणयोग्य नाफा भने २ अर्ब १० करोड ६८ लाख रुपैयाँ रहेको छ। यो अघिल्लो वर्ष बाँड्न बाँकी रहेको १५ करोड रुपैयाँ समेत हो । बैंककोे गत वर्षको मुनाफाबाट शेयरधनीलाई १६.८२ प्रतिशत लाभांश दिने क्षमता रहेको छ । असार मसान्तसम्ममा बैंकको कुल सञ्चालन आम्दानी ९.०५ प्रतिशत र सञ्चालन मुनाफा १३.१६ प्रतिशत बढेको छ।
त्यस्तै बैंकको जगेडा कोषमा ९ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । यो वर्ष बैंकको निक्षेप १ खर्ब ९१ अर्ब पुगेको छ भने कर्जा लगानी १ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ७१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ७४ रुपैयाँ ९८ पैसा रहेको छ।



