images
images

४३.८७ प्रतिशतले बढ्यो कुमारी बैंकको नाफा, लाभांश क्षमता कति ?


  • 556
    SHARES
  • २०७९ श्रावण १८ गते बुधबार

    ४३.८७ प्रतिशतले बढ्यो कुमारी बैंकको नाफा, लाभांश क्षमता कति ?

    काठमाडौं । कुमारी बैंकको नाफा ४३.८७ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८र७९ को चौथो वित्तीय विवरण अनुसार बैंकले असार मसान्तसम्ममा २ अर्ब ८३ करोड रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको तुलनामा ४३.८७ प्रतिशत बढी हो। गत वर्ष यस्तो रकम १ अर्ब ९७ करोड रहेको थियो । 

    बैंकको असारमसान्तसम्ममा ६अर्ब ३८करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै सञ्चालन मुनाफा  ३ अर्ब ५८ करोड रुपैयाँमा रहेको छ । यो गत वर्षको तुलनामा ३२.६८ प्रतिशतले बढी हो। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ रहेको छ भने बैंककोे गत वर्षको मुनाफाबाट शेयरधनीलाई १२.०६ प्रतिशत लाभांश दिने क्षमता रहेको छ । 

    चौथो त्रैमाससम्मको विवरण अनुसार बैंकको निक्षेप १ खर्ब ७६ अर्ब रहेको छ भने कर्जा लगानी १ खर्ब ५३ अर्ब रुपैयाँ रहेको छ । असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ २७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ४४ रुपैयाँ १ पैसा रहेको छ।


    images
    images

    Logo