काठमाडौं । नेपाल एसबीआई बैंकको नाफा ७० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा कमाउँदा बैंकले यस्तो वृद्धि हासिल गरेको हो । अघिल्लो वर्ष यस्तो नाफा ९६ करोड रुपैयाँ मात्रै थियो ।
बैंक सो बराबर नाफा कमाउँदा वितरणयोग्य नाफा भने जम्मा १ अर्ब ४४ करोड हाराहारीमा मात्रै छ । यो अघिल्लो वर्ष बाँड्न बाँकी झण्डै ३८ करोड रुपैयाँ समेत हो । यो प्रतिशेयर १४.६६ रुपैयाँ बराबर हुन आउँछ ।
यो वर्ष बैंकको निक्षेप झण्डै १३ अर्ब र कर्जा प्रवाह ६ अर्बले बढेको छ । व्याज आम्दानीमा भएको उच्च सुधारकै कारण बैंकले उच्च नाफा वृद्धि गर्नै सफल भएको हो ।