images
images

प्राइम कमर्सियल बैंकले कमायो ३ अर्ब ६८ करोड नाफा, ईपीएस कति ?


  • 475
    SHARES
  • २०७९ श्रावण १८ गते बुधबार

    प्राइम कमर्सियल बैंकले कमायो ३ अर्ब ६८ करोड नाफा, ईपीएस कति ?

    काठमाडौं । प्राइम कमर्सियल बैंकले चौथो त्रैमाससम्ममा ३ अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष २०७८/७९ को चौथो वित्तीय विवरण अनुसार बैंकले असार मसान्तसम्ममा सो रकम बराबर नाफा कमाउन सफल भएको हो । यो गत वर्षको तुलनामा  १२.६३ प्रतिशत बढी हो। अघिल्लो वर्ष यस्तो रकम ३ अर्ब २६ करोड रहेको थियो । 

    बैंककाे असारमसान्तसम्ममा खुद ब्याज आम्दानी ८.९२ प्रतिशत बढेर ६ अर्ब ४७ करोड पुगेको छ भने खुद ब्याज आम्दानी ८.९२ प्रतिशतले बढेर ७ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ११.७७ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ रहेको छ।

    चौथो त्रैमाससम्ममा अनुसार बैंकको जगेडा कोषमा ८ अर्ब ८९ करोड रहेको छ यो गत वर्षको तुलनामा  १३.२२ प्रतिशत बढि हो । त्यसैगरी, बैंकको निक्षेप ३.९३ प्रतिशतले बढेर १ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ भने र कर्जा ९.४४ प्रतिशत बढेर १ खर्ब ४८ अर्ब रुपैयाँमा पुगेको छ । 

    नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ५९ पैसा घटेर १९ रुपैयाँ ७३ पैसामा झरेको छ भने  प्रतिशेयर नेटवर्थ १ सय ४७ रुपैयाँ ६९ पैसा रहेको छ।

     

     


    images
    images

    Logo