images
images

वाणिज्य बैंकहरुको निक्षेप २८ अर्बले घट्दा कर्जा १ अर्बले घट्यो 


  • 774
    SHARES
  • २०७९ श्रावण १७ गते मंगलबार

    वाणिज्य बैंकहरुको निक्षेप २८ अर्बले घट्दा कर्जा १ अर्बले घट्यो 

    काठमाडौं । वाणिज्य बैंकहरुमा चालू आर्थिक वर्ष सुरु भएदेखि नै निक्षेप घट्न थालेको छ । साउन महिनाको द्रोसो सातामात्रै २८ अर्बले निक्षेप घटेको हो । बैंकर्ष संघले सार्वजनिक गरेको विवरण अनुसार बैंकहरुको निक्षेप एक सातामा निक्षेप २८ अर्ब रुपेयाँले घट्न पुगेको हो । 

    नेपाल बैंकर्स संंघको तथ्यांक अनुसार साउन ६ गते ४४ खर्ब ७८ अर्ब रहेको निक्षेप साउन १३ गते आइपुग्दा ४४ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ । 

    यस्तै यो साता बैंकहरुको कर्जा लगानी भने १ अर्ब रुपैयाँले घटेको छ । गत साता बैंकहरुको कर्जा ४१ खर्ब ६५ अर्ब रुपैयाँ  रहेको थियो भने यो साता बैंकहरुको कर्जा १ अर्बले घटेर ४१ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ । 


    images
    images

    Logo