images
images

बीओके र हिमालयन बैंकले जिते मुद्दा, मेलम्चीमा डुबेको डेढ अर्ब रुपैयाँ फिर्ता पाउने


  • 555
    SHARES
  • २०७९ श्रावण १७ गते मंगलबार

    बीओके र हिमालयन बैंकले जिते मुद्दा, मेलम्चीमा डुबेको डेढ अर्ब रुपैयाँ फिर्ता पाउने

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीमा फसेको डेढ अर्ब भन्दा बढी पैसा  बैंक अफ काठमाण्डू (बीओके) र हिमालयन बैंकले फिर्ता पाउने भएका छन् । यी दुबै बैंकले गत शुक्रबार मुद्दा जितेका हुन्। 

    चीनको उच्च अदालतले नेपाली बैंकलाई काउन्टर ग्यारेन्टीवापतको रकम फिर्ता गर्न आदेश दिएसँगै बैंकको १० वर्षदेखि फसेको सो रकम बैंकले पाउने भएका छन् । 

    यो फैसलासंगै बैंकले काउन्टर ग्यारेन्टीवापतका मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको अमेरिकन डलर ६६ लाख २५ हजार १० र युरो १४ लाख ११ हजार ४५३ वापतको रकम बैंक अफ काठमाण्डू लिमिटेडले फिर्ता पाउने भएको छ भन हिमालयन बैंकले ७० करोड रुपैयाँ फिर्ता पाउने छ।

    मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई काउन्टर ग्यारेन्टी दिएको थियो। उक्त जमानतसम्बन्धी परेको भुक्तानी मुद्दा यी दुई नेपाली बैंकले जितेका हुन्।


    images
    images

    Logo