काठमाडौं । गणपति लघुवित्तको नाफा ५४.७५ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७८र७९ को तौथो त्रैमासको वित्तीय विवरण अनुसार लघुवित्तले असार मसान्तसम्ममा १ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । यो गतवर्षको तुलनामा ५४.७५ प्रतिशत कम हो । गत वर्ष यस्तो रकम ४ करोड ११ लाख रुपैयाँ रहेको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ९.१७ प्रतिशत घटेर १२ करोड ३ लाख रुपैयाँमा झरेको छ भने लघुवित्तको सञ्चालन नाफा ७०.२७ प्रतिशतले घटेर १ करोड ३९ लाख रुपैयाँमा सिमित भएको छ ।
त्यस्तै असार मसान्तसम्ममा लघुवित्तको जगेडा कोष १३.६५ प्रतिशत घटेर ४ करोड ७८ लाख रुपैयाँमा सिमित भएको छ। त्यसैगरी, लघुवित्तको सापटी ४२.४० प्रतिशतले बढेर १ अर्ब ४५ करोड पुगेको छ भने निक्षेप ३६.५७ प्रतिशत र कर्जा ४१.८७ प्रतिशत बढेको छ।
असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ३१ रुपैयाँ ५६ पैसा रहेको छ ।



